२४ बैशाख २०८१, सोमबार
Header

जीब्रोमुनि लुकाएर भएपनि सुन तस्करी


प्रकाशित: बुधबार, २ साउन २०७५, १७ः०६ बजे
- महानगरखबर

काठमाडौं । सुन तस्करीको रयाकेट तोडिएपनि भनाईमात्र सिमित देखिएको छ । तस्करहरुले तस्करी गर्ने अनेक जुक्ति लगएरपनि तस्करी गरेरै छाड्ने रहेछन् ।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यलयले आधा केजी सुन सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले जिब्रोमुनि सुन लुकाएर ल्याएको सुन सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

 
पक्राउ पर्नेमा राहदानी नं. एम ४१६४८३४ बोकेका फैजन खान, के ९९७२१२३ नं। का एदिल र एस २३१०८९० नम्बरको राहदानी बोकेका सैद मोहमद खसिफ रहेका छन् ।


उनीहरुको साथबाट दुई दुई वटा कोटको बटम आकारको सुन फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।

 
उनीहरूले एयर अरबियाको फ्लाइट नम्बर जी ९५३९ बाट यूएईको सारजाहबाट त्यो सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD