काठमाडौं । नेपाल सरकारले जापान सरकारलाई नेपालबाट प्रशिक्षार्थी कामदारलाई गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ ।
जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा श्रममन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् ।
राजदूत ओगावाले सो प्रस्ताव सकारात्मक भएको भन्दै छलफल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । अहिले नेपाली प्रशिक्षार्थी कामदार जिट्को प्रणालीमार्फत जापान जाने गरेका छन् ।
श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली जापानमा कामदार पठाउने अहिलेको मोडल असफल भइसकेको र कोरियाको मोडल धेरै हदसम्म सफल भएकाले अब श्रम गन्तब्य मुलुकहरुसँग यही मोडलमा लगिनुपर्ने सुझाव दिएका छन् ।
म्यानपावर व्यवसायीले जापानबाट त्यस्ता कामदारका लागि पर्याप्त मात्रामा डिमान्ड ल्याउन सकेका छैनन् भने कामदारको छनोट पारदर्शी र व्यवस्थित छैन ।
Categorized in राष्ट्रिय