२७ बैशाख २०८१, बिहिबार
Header

जिल्ला भरीका उद्योगी–व्यवसायीलाई समेट्छु, बुुङगमितको काष्ठकला, खोकनाको तेल प्रबर्द्धन गर्नेछुः ताम्रकार (भिडियो)


प्रकाशित: बुुधवार, ३ असोज २०८०, १३ः२४ बजे
- अजयकुमार खड्गी

काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष उम्मेदवार रविन्द्रराज ताम्रकारले जिल्ला भरीका उद्योग व्यवसायीलाई समेटेर संघको बृहत्तर विकासको लागि काम गर्ने बताएका छन । 


मंगलवार ताम्रकारले महानगरखवरडटका प्रतिनिधिसँग कुरा गर्दै बाणिज्य संघमा अहिले योग्य र कर्मशिल व्यक्तिको खाँचो भएको मैले महसुश गरेको र म सँग संघको कार्य अनुुभव पनि भएकोले नेतृत्वको लागि आफूले उम्मेदवार दिएको बताए । 


उनले आफुुलाई संघमा आवद्ध व्यवसायीहरुले विश्वास गरेको हुनाले उहाँहरुले आफ्नो अमूल्य मत दिएर निर्वाचित गर्ने विश्वास व्यक्ति गर्दै निर्वाचित भएपछि यस क्षेत्रका लागि गरिने थुप्रै योजनाहरु पनि सुनाएका थिए । 

 


‘ललितपुर उद्योग बाणिज्य संघले जिल्ला भरिका उद्योगी व्यवसायीहरुलाई समेटन सकिरहेको छ जस्तो लाग्दैन मलाई, व्यवसायीहरुको माग, समस्याहरु सम्बोधन भएको छैन,’ उनले भने,‘ त्यस अर्थमा पनि उद्योगी व्यवसायीहरुको हक, अधिकारको लागि थप आवाज उठाउने छु ।’


उनले जिल्लाका सबै पालिकाहरुलाई संघको उपस्थिती पुराउने प्रतिवद्धता व्यक्त गरे । 


बुुङगमतिको काष्ठकला, खोकनको तेल, त्यहाँको सम्पदा, संस्कृति, दक्षिणतिर रहेका पर्यटन ठाउँहरु आस्रन, कृषी उत्पानहरुको बजारिकरण, धार्मिक स्थानहरुको प्रवद्र्धन गरी पर्यटनको लागि प्रयास रहने अध्यक्ष उम्मेदवार ताम्रकारले बताए । 


उनले ललितपुरको छम्पीमा संचालन भईरहेको महत्वकांक्षी परियोजना ‘नेपाल आर्क भिलेज’ को प्रवद्र्धनमा आफ्नो जोड हुने र सो स्थान हस्तकला र पर्यटनको लागि पनि उपयुुक्त स्थान भएकोले यसको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । 


त्यसैगरी, उनले ललितपुरकै लुुभुु, ठेचो, थैवलगायतका ठाउँमा परम्पारगत रुपमा उत्पादन हुँदै आएका उत्कृष्ट कपडाहरुको अन्तराष्ट्रियकरण गरी बजार व्यवसथापनमा जोड दिने उनले बताए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD