काठमाडौं । जिल्ला प्रहरी परिसर काडमाडौं, भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार भएका छन ।
बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएका प्रहरी अधिकारीले बताएका छन ।
दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।
उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।
Categorized in समाज