१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

जिल्ला प्रहरी काठमाडौंमा सहकारीविरुद्ध परेका २२५ वटा उजुरीमध्ये महानगरकै ९३ वटा


प्रकाशित: शुक्रवार, २८ बैशाख २०८१, १३ः४५ बजे
- महानगरखवर

काठमाडौं । । जिल्ला प्रहरी परिसर, काठमाडौँमा सहकारीविरुद्ध कार्वाहीको माग संख्या २२५ वटा पुगेको छ ।


जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार २०८० चैत्र सम्म उक्त संख्यामा आएका उजुरी मध्ये ९३ वटा उजुरी काठमाडौं महानगरभित्रको रहेको छ ।

 
काठमाडौं महानगरपालिकाले आयोजना गरेको सहकारी सचेतन विषयमा गरेको अभिमुखिकरण तालिममा उनले बताएका हुन  । 


‘२०८० साउनदेखि चैत मसान्तसम्म २२५ वटा सहकारीलाई कारवाही गर्न लेखेर आयो । यस्मा काठमाडौँ महानगरपालिकाभित्रका ९३ वटा रहेको बताउँदै उनले भने, ‘सहकारी दर्ता गर्दा जसको नागरिकता राखिएको छ, यसलाई म के हुँ भनेर थाहा पनि छैन । दुःखले राखेको बचत कसले लग्यो बचतकर्तालाई थाहा छैन । ऋणीको ५० लाख रुपैयाँसम्म व्याज मिनाहा भएको छ । यसको मनसाय के हो?’


सो अवसरमा सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने जस्ता कारण सहकारीहरुमा संकट बढेको् बताए । 


नेपाल सरकारले २०७४ साउन १ गते निर्णय अनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । 


हस्तान्तरण भएर आएका र नयाँ दर्ता गरी महानगरपालिकाभित्र १ हजार ९५३ वटा सहकारी संस्था छन । जसमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सिपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका १÷१ वटा सहकारी छन । 


सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को युजर नेम र पासवर्ड लिने सहकारीको संख्या १ हजार ६०३ रहेको छ । सहकारी विभागमा नियमित विवरण बुझाउने ९५५ वटा छन । 


सहकारी विभागका अनुसार देशमा ३१ हजार ३७३ वटा सहकारी संस्थामा ७३ लाख ८१ हजार २८१ जना सदस्य छन् । ९४ अर्व १५ करोड रुपैयाँ कुल शेयर पुँजी रहेको सहकारी क्षेत्रमा ४ खर्व २६ अर्व २५ करोड ऋण लगानी छ । यस क्षेत्रमा ९३ हजार ७७१ जनाले रोजगारी पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex