८ भाद्र २०८३, सोमबार
Header

जिका, डेंगु र चिकनगुनियाको पनि निःशुल्क पीसीआर परिक्षण सुरु


प्रकाशित: बुधवार, २५ फागुन २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको हो । 


लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन सहप्रवक्ता अधिकारीले आग्रह गरेको छ । यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । 


प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको बताए ।


लामखुट्टेको टोकाइबाट लाग्ने यस रोगका एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन ।


दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex