काठमाडौं । ताम्रकार समाज र ललितपुर स्पोट्र्स क्लबको संयुक्त आयोजनामा सातौं गणेशमान सिंह स्मृति खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सोमबार देखि जावलाखेल स्थित ताम्रकार समाज भवनमा शुभारम्भ भएको छ ।
प्रतियोगितामा नेपालका विभिन्न २५ जिल्लावाट जम्मा १०० जना राष्ट्रिय खेलाडीहरुले सहभागीता जनाएका छन्। नेपालकै बहुप्रतिक्षित सहकारी चेस खेलमा पूर्व नेपाल च्याम्पियनहरुको भिड संगै अन्य शिर्ष खेलाडीहरुले आकर्षक पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकलका लागि दिमाग खियाउन शुरु गरिसकेका छन ।
नेपाल बुद्धिचाल संघको पहलमा विगत तीन वर्ष देखि रसियाको मस्को युनिभर्सिटीमा पू्र्ण छात्रवृत्ति प्राप्त गरि चेस खृल सिकिरहेका रुपेश जयसवाल आफ्नो विदाको सदुपयोग गर्दै पहिलो खेलको पहिलो वोर्डमा जेन श्रेष्ठलाई पावर एक्सचेञ्ज दिई अनुभवीय जीत दर्ता गरेका छन । दोश्रो वोर्डमा भने पूर्व नेपाल च्याम्पियन एवं दुईपटक सहकारी कपका विजेता सिएम मदनकृष्ण कायस्थले गोल्डेन गेट कलेजका विराज पुडासैनी संग अप्रत्याशित हार सामना गर्न पुगेका छन ।
अर्का पूर्व नेपाल च्याम्पियन अर्थ बहुउद्देश्यीय सहकारीका एफएम मनिष हमालले सुमदेव चाम्लिङको गल्तीलाई पाठ सिकाउँदै एक अंक जोड्न सफल बने ।
पूर्व नेपाल च्याम्पियन शालीन केशब श्रेष्ठ , नोभा साकोसका युवा खेलाडी क्षितिज भण्डारी, जनता साकोसका सजिन महर्जन, श्री करुणामय साकोसका रिजेन्द्र राजभण्डारी, पूर्व नेपाल तीन पटकका च्याम्पियन कामना साकोसका बद्रीलाल नेपाली, पूर्व नेपाल च्याम्पियन स्वागतम साकोसका बिलम लाल श्रेष्ठ, मिलन लामा, कृष्ण थापा, प्रेमकृष्ण महर्जन, राजन पुरी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका जनार्दन श्रेष्ठ, सुमन राई, रञ्जित राई, बिकास कुलुजु, नेशनल डेभलपमेन्ट साकोसका दीर्घ राज जोशी, सुस्रुत दहाल, एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ, अभिवादन बहुउद्देश्यीय सहकारीका आर बज्राचार्य, सिन्चाहिटी साकोसका रत्न ब्यञ्जनकार, शुभकामना साकोस गणेश मान दुवाल लगाएत ४६ जना खेलाडीहरुले १/१ अंकका साथ जीतको स्वाद चाखेका छन ।
यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेलले उद्घाटन गरेको कार्यक्रममा सहकारी कर्मि राजेशहरी जोशी सहित रविन्द्रराज ताम्रकार, मिलन गुरुङले र नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जन, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन, ४ नं. वडा अध्यक्ष नारायण केसि अनि कार्यक्रम संयोजक राजु ताम्रकारले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

ललितपुर जिल्ला सहकारी संघको समर्थनमा अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यलाई लक्षित गरि ललितपुर महालक्ष्मी स्थान अबस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख पुरस्कार प्रायोजन रहेको छ ।
प्रतियोगिता यही असार २१ गतेसम्म जारी रहने छ । सो प्रतियोगितामा द्धितीय हुने खेलाडीले रु ५०,०००/–, तृतीयले रु ३०,०००/–, चौथोले रु २५,०००/– पुरस्कार प्राप्त गर्नेछन ।
Categorized in मनोरन्जन