१४ फाल्गुण २०७७, शुक्रबार
nps

जावलाखेलमा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु 


प्रकाशित: सोमवार, १० फागुन २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको हो । 


सोमबार भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 


जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको बेला ती महिला लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 
 

jibanshaili
Home Page Bottom Second


kmc AD
chunikhel ad
naya
maa dakshinkali
D R Shushil
bijay card
maharjan complex