२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

जापान पठाईदिने भन्दै एक करोड भन्दा बढी रकम ठगी गर्ने पक्राउ


प्रकाशित: सोमबार, २५ भाद्र २०७५, १९ः१९ बजे
- महानगरखबर

काठमाडौं । जापान पठाईदिने भन्दै सर्वसाधरणबाट एक करोड ३१ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । 


जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु दनुवारेल प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट ठगी गरेको हो । 


दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भन्दै सर्वसाधरणसँग रकम लिने गरेको प्रहरीले बताएको छ ।  


प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ । 


सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर–७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका–९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८  र ९ गते प्रहरीले पक्राउ गरेको थियो । 


अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको  आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika