१६ चैत्र २०८०, शुक्रबार
Header

जापान जाने कामदारको भाषा परिक्षा कात्तिकमा हुने


प्रकाशित: सोमबार, ६ साउन २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । कियर गिभिरको लागि जापान जाने कामदारको भाषा परिक्षा कात्तिकमा हुने भएको छ ।


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको हो । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा कियर गिभरका लागि परिक्षा लिने तयारी गरिएको छ । 


भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले जनाएको छ । 


परिक्षाको लागि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ । 


सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए अनुसार नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए ।


सम्झौताअनुसार जापानले विभिन्न १४ क्षेत्रमा कामदार लौजाने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD