काठमाडौं । एक जापानी नगारिक (पर्यटकले) नेवाः संस्कृति अनुसार काठमाडौंमा जंको गरेका छन ।
साउन ५ गते शुक्रवार (२१ जुलाइ २०२३) प्याफलस्थित वल्र्ड हेरिटेजमा एक समारोह गरी जापानी नागरिक तेचओ तामुराले भव्यरुपमा जंको गरेको काठमाडौंका उनका सहयोगी प्रकाशराम श्रेष्ठले जानकारी दिए ।
गाइड समेत रहेको जापानी भाषा बोल्ने श्रेष्ठका अनुसार नेपाल घुम्न रुचाउने जापान ओसाकाका तामुराले नेपालमा थुप्रै साथी बनाएका छन । जंकोमा करिब एक सय जना सहभागि थिए । जसमा तामुराका नेपाली साथी र सुुभचिन्तकहरु सहभागि थिए ।
जंको किन गरेको भन्ने प्रश्नमा उनले भने,‘नेपाल घुम्न आउँदा काठमाडौंको बाटोमा मान्छेहरु सबैले बाजासाजा बजाएर लस्करै बोकेर ल्याउएको देखे, यो के हो भनेर सोध्दा जंको गरेको भनेको थाहा पाए, अनि उमेर पुुगेपछि म पनि जंको गर्छु भन्ने सोचे अनि मैले पनि गरे ।’
जंको गरेपछि आफूलाई नयाँ जिवन पाएको जस्तो लागेको उनले बताए । जंको नेवार समुदायले मनाउने थहा थियो तर जंको के हो भन्ने चाही आफूलाई थाहा नभएको उनले सुनाए ।

तामुराले काठमाडौंमा गरेको जंको समारोह बारे जापानमा गएर आफ्नो परिवार, साथीभाईहरुलाई बताउने तिव्र इच्छा रहेको सुनाए । साथै अबका दिनमा नेवाः संस्कृति, परम्पराबारे अध्ययन गर्ने बताए ।
जंकोको सबैभन्दा खुसीको क्षण भनेको जब रथमा बसेर आफूलाई मानिसहरुले ताने त्यतीखेर साह्रै खुसी लागेको सुनाए ।
नेवाः संस्कृति, परम्परा अनुसार परिवारका जेष्ठ सदस्य ७७ बर्ष ७ महिना ७ दिन उमेर पुुगेकाहरुलाई जंको गरिने गरिने परम्परा छ । पहिलो जंकोलाई भीमरथारोहण पनि भनिन्छ ।

यस दिन उनीहरुलाई आफन्तहरुको विच रथमा राखेर नगर परिक्रमा गराईन्छ ।
उनले काठमाडौंका मानिसहरु मायालु छन, आफूलाई धेरै माया गरेको बताउँदै भने नेपालमा थुप्रै साथीहरु बनाउने चाहाना रहेको सुनाए ।
उनी सन् १९९७ अगष्टमा पहिलो पल्ट नेपाल आएका थिए । उनको नेपाल भ्रमण ४२ औं पटक भईसकेको बताए ।

नेपालमा उनले थुप्रै समाजिक कार्यहरु गरेको पनि बताए । वि.स. २०७२ सालको विनासकारी भूकम्पपछि नेपालका गोर्खा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे लगायतका जिल्लामा राहत स्वरुप झूूल, ब्लांकेट, ग्यास चुल्हो, सिलिण्डर लगायत अन्य खाध्य समाग्रीहरु पनि वितरण गरेका बताए ।
उनका एक छोरा, २ छोरी र एक श्रमिति रहेका छन । जापानमा उनी विज्ञानका शिक्षक थिए । हाल उनी रिटार्यड लाइफ विताईरहेका छन ।
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
भिडियो तथा फोटो सौजन्यः भैरव फोटो स्टुडियो
भाषा अनुवादः प्रकाशराम श्रेष्ठ
Categorized in सम्पदा/संस्कृति