काठमाडौं । जाफानमा ‘जेबी तुफान’को कारण ६ जनाको मृत्यु भएको छ भने १६० जना घाईते भएको विविसी हिन्दीले जनाएको छ ।
जापानमा २५ बर्षपछि सबैभन्दा खतरनाक तुफान भएको जनाएको छ । जापानको पश्चिम क्षेत्रमा यतिखखेर मुसलधारे बर्षा भईरहेको छ भने १७२ प्रतिघण्टाको दरले हावा चलिरहेको छ ।
तुफानको कारण क्योटो शहरको रेलवे स्टेशनको छत उडाएको छ भने ओशाका खाडीमा एक समुन्द्री टयाक्टरले ठक्कर दिएको छ जसको कारण पुल क्षतिग्रस्त भएको छ ।
अधिकारीहरुले सो क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा जान आदेश दिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय