जापानको सेतो नाइकाइ समुद्रको पश्चिमी भागमा इत्सुकुशिमा टापू रहेको छ । यो टापू इत्सुकुशिमा शिन्तो मन्दिरका लागि प्रख्यात रहिआएको छ । यो हिरोशिमा खाडीको उत्तरपश्चिममा पर्दछ र मियाजिमा नामबाट प्रचलित छ । जापानी भाषा मियाजामा भन्दा मन्दिरको टापू भन्ने बुझिन्छ ।
शिन्तो जापानको परम्परागत प्राचीन धर्म हो । यसका अनुयायीहरू ३० देखि ४० लाख रहेको अनुमान गरिएको छ । यो संख्या भारतमा जैन धर्मको अनुयायीहरूकै हाहाहारीमा छ । जापानमा ५२ प्रतिशत जनताले शिन्तो धर्म नै मान्दछन् । झण्डै ३५ प्रतिशत रहेका बौद्धमार्गीह?ले पनि प्रायशः जन्म संस्कार र बिहेवारी परम्परागत प्रथा भन्दै शिन्तो प्रथा अनुसार नै गर्ने गरेका छन् । इसाई धर्ममा प्रवेश गरिसकेकाहरूले समेत चर्चमा गई बिहे गरे पछि फेरि आफ्नो रीतिथितिअनुसार भन्दै शिन्तो प्रथा अनुसार बिहे गर्नेहरू पनि छन् ।
सन् १८७१ मा शिन्तो धर्मलाई जापानमा राष्ट्र धर्मको रूपमा घोषणा गरियो । त्यो बेलादेखि नै त्यहाँ परम्परामा चलिआएको यो धर्मको नाउँ शिन्तो भनियो । जापानमा राष्ट्रवादको भावना जगाउन र सम्राटलाई पूजनीय बनाउनका लागि यो धर्म स्वाभाविक रूपमै प्रयोग भयो । दोस्रो विश्व युद्धसम्म आइपुग्दा जापानको राष्ट्रवाद राष्ट्रिय अहंकारवादकै रूपमा चर्किसकेको थियो । जसका कारण जापानीह?ले अमेरिकीवि?द्ध पर्ल हार्वरमा नृशंस आक्रमण ग¥यो भने अमेरिकाले पनि जापानको हिरोशिमा र नागासाकीमा अणु बम खसालेर नृशंसता देखायो । जापानले आत्मसमर्पण गर्नु प¥यो । जापानलाई युद्धमा घिसार्ने, युद्धोन्मादी ढङ्गले लागेका कारण जापानका केही मन्त्रीह? दोषी पनि ठहरिए । यस पछि जापानको राजनीतिमा युद्ध होइन, शान्ति र मेलमिलाप भन्नेह? नै हावी भए । अनि संविधान बनाउँदा अमेरिकीहरूको ठूलो हात रहन गयो । यो बेला नै शिन्तो धर्मलाई राज्य धर्मबाट हटाई राज्यले धर्मको आड पनि नलिने धर्ममा हस्तक्षेप पनि नगर्ने भन्ने भयो ।
शिन्तो धर्मका मन्दिरहरू जापान भरि नै फैलिएर रहेका छन् । नेपालमा हिन्दू मन्दिर र बौद्ध चैत्य नजिक र सँगसँगै जसो रहे जस्तो जापानमा पनि शिन्तो मन्दिरका नजिक र साथसाथै जस्तो बौद्ध गुम्बा रहेका छन् । शिन्तो मन्दिरको एक विशेषता के हुन्छ भने सबै मन्दिर बाहिर एक खालको द्वार रहेको हुन्छ । उक्त द्वारबाट भित्र पस्ने वित्तिकै ईश्वरको ठाउँमा आइपुगेको अनुभूति होस् भनेर नै यसरी छुट्टै द्वार राख्ने गरिएको हो । इत्सुकुशिमा मन्दिरका लागि टापूभन्दा बाहिर समुद्रमै यस्तो द्वार बनेको छ । यो नै फेरि मन्दिरभन्दा पनि आकर्षणको विषय बनेको छ ।
इत्सुकुशिमाको मन्दिर सबभन्दा पहिले ६औँ शताब्दीमा बनेको मानिन्छ । यस पछि विभिन्न समयमा ध्वस्त भयो र पुनः निर्माण कार्य भयो । हालको स्वरूप चाहिँ १२औँ शताब्दीको शैलीमा १६औँ शताब्दीमा बनेको हो ।
किंवदन्तीअनुसार देवी सूर्य अर्थात् आमातेरासु ओमिकामी र तिनका भाइ सुसानू नो मितेकोले रत्न र तरबार लिएर ब्रह्माण्डमा प्रतिज्ञा गर्दा इत्सुकुशिमाका ३ देवताहरूको उत्पत्ति भएको हो । प्राचीन कालदज्ञेखि नै यी देवताहरूले सम्राट, सम्राटको परिवार, राज्य र जनताका साथ समुद्रमा यात्रा गर्ने र जहाजीहरूको रक्षा गर्दै आइरहेकाले यी देवताहरूको पूजा हुँदै आइरहेको छ । यी देवताहरूले बस्नका लागि ठाउँ खोजिरहेको बेला त्यस टापूको राज्य सञ्चालन गरिरहेका राजा सएकिनो कुरामोतोलाई एक दैवी आदेश प्राप्त भयो । एउटा दैवी कागले लगे अनुसार सएकिनोले तीनै देवतालाई डुङ्गामा चढाएर यहाँ आइपुगे र यहाँ नै ती देवताका लागि बासस्थान बनाइयो । समाज्ञी सुइकोले राज्यारोहण गरेका बेला सन् ५९३ मा यो घटना भएको मानिएको छ ।
सन् ११६८ मा ताइरा नो कियोमोरीले सिन्देन जुकुरी शैलीमा मन्दिर बनाए । यो शैलीका भवनहरूमा त्यो बेला सम्भ्रान्त वर्गका मानिसहरू रहने गर्दथे । कियोमोरीले दरबारमा उच्च पद प्राप्त गरे पछि ताइरा वंशका दरबारका ठूला अधिकारीहरू, भारदारहरूसमेत यो मन्दिरको भ्रमणमा आए । बौद्ध धर्म अँगालिसकेका सम्राट गोशिराकावा पनि मन्दिरको भ्रमणमा आए । ताइरा वंशपछिका शासकहरूले पनि विशेष सम्मान दिँदै मन्दिर संरक्षण गर्दै आए । इत्सुकुशिमा मन्दिर सन् १९९६ मा युनेस्कोद्वारा विश्व सम्पदाको सूचीमा सूचीकृत भएको हो ।
यस ठाउँमा पुग्नका लागि हिरोशिमा रेल्वे स्टेसनबाट ३० मिनेटको यात्रा गरेर मियाजामिगुची स्टेसनमा झर्नुपर्छ । त्यहाँबाट हिँडेर मोटरबोटमा चढ्नुपर्छ । मोटरबोटले १० मिनेट जतिमा मन्दिर पु¥याइदिन्छ । ट्याक्सीबाट जाने हो भने हिरोशिमाको मध्यभागबाट मियाजामिगुची १ घण्टामा पु¥याइदिन्छ । किनारनिर समुद्रमै रहेको द्वार नै पर्यटकहरूका लागि आकर्षक छ । ज्वारभाट नचलेको बेला चाहिँ यहाँ मन्दिरकिनारबाट हिँडेर पनि पुग्न सकिन्छ । अ?बेला डुङ्गाबाट पुगिन्छ । यो कपूर रूखको काठबाट बनेको हो र १६ मिटर अग्लो छ । यो द्वार १२औँ शताब्दीमै बनेको हो, तर हालको चाहिँ सन् १८७५ मा बनाइएको हो । यो र अरू शिन्तो मन्दिरका द्वारलाई तोरी भनिन्छ । द्वार र अ? मन्दिरका भवन पन िकाठले बनेको र सिन्दूर रङ्गले पोतिएको छ । यो द्वारबाट मिसेन पहाडतिर हेर्दा देखिने दृश्यलाई जापानको ३ सर्वाधिक आकर्षक दृश्यमा गनिएको छ । अरू दुई दृश्य चाहिँ मात्सुसिमा खाडी र क्योटोको एमनोहासिदाते हो ।
इत्सुकुशिमा मन्दिर परिसरमा यस मन्दिरका अतिरिक्त ढुकुटीघर र होकोकु मन्दिर रहेको छ । ढुकुटीघरमा प्रवेश गर्न छुट्टै शुल्क लाग्छ । मन्दिरको वेबसाइटमा उल्लेख भएअनुसार मन्दिर परिसर घुम्न ३०० येन, ढुकुटी घर जान ३०० येन दुवैका लागि ५०० येन शुल्क निर्धारण गरिएको छ । मन्दिरमा नै पनि बुगाको नाचका लागि बनाइएको नोह डबली छ । यस डबलीमा सम्राटको जन्मोत्सवको बेला र नयाँ वर्षको उपलक्ष्यमा नाच नचाइने गरिएको छ । यस अवसरमा पुग्ने पर्यटकह?ले यो नाच हेर्न पाउँछन् ।
इत्सुकुशिमा मन्दिरको धार्मिक पवित्रता अहिलेसम्म पनि कायम गरिएको छ । यहाँको धार्मिक पवित्रता कायम गर्न यहाँ र यहाँको वरिपरि बच्चा जन्माउने र मृत्यु हुन दिने कार्य हालसम्म पनि हुन दिएको छैन । जापानमा सबैलाई यो कुरा थाहा छ र उनीहरूले यसको पालना हुन दिने सचेत रहेका छन् । अझ यो टापूका बासिन्दाहरूसमेत बच्चा जन्माउन र जीर्ण भई मर्ने अवस्थामा पुगेका वृद्धहरूसमेत टापू छोडी मुख्य भूमिमा जाने गरेको बताइन्छ । यहाँ कुनै प्रकारको लाश गाड्ने काम त वर्जित नै छ ।
Categorized in सम्पदा/संस्कृति