काठमाडौं । रामजानकी मन्दीरलाई विश्व सम्पदा सुचीमा राख्ने तयारी भएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताएका छन ।
पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउएका क्रिष्टन मनहर्टसँग यस विषयमा छलफल भएको प्रमुख साहले जानकारी दिए ।
प्रमुख साहका अनुसार सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भईसकेको र केही बाँकी रहेको युनेस्कोका प्रतिनिधि मनहर्टले बताए ।
मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेका थिए ।
सो अवसरमा उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए ।
Categorized in सम्पदा/संस्कृति