१५ चैत्र २०८०, बिहिबार
Header

जात्रा रोक्न पाईदैन भन्दै भक्तपुरमा बृहत प्रदर्शन


प्रकाशित: सोमवार, २३ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको तःमरीमा सोमवार स्थानीयहरुले जात्रा रोक्न पाईदैन भन्दै बृहत प्रदर्शन गरेको छ । 


साँझ स्थानीयहरु भेला भई जात्रा रोक्न पाईदैन, कोभिडको नाममा संस्कृतीमाथि हस्तक्षेप गर्न पाईदैन भन्दै प्रदर्शनमा उत्रेका छन । 


बिस्का जात्रा रोक्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (डिसिसिएमसी)को निर्णयविरुद्ध स्थानीयहरुले विरोध गरेका हुन । 


बिस्का जात्रा औपचारिकतामा मात्र सिमित गर्ने एकलौटि निर्णय गरेपछि स्थानीय, जात्रासँग सरकोकार संघ, संस्थाहरुले आज सांकेतिक विरोध गरेका छन । 


प्रदर्शनमा सहभागीहरुले हाम्रा जात्रा चल्न दे, नेताहरु होसियार, कोभिडको नाममा राजनीति गर्न पाईदैन, हाम्रो जात्रा हाम्रो संस्कृती लगायतका नाराहरु लगाएका थिए । 


कोभिडकै समयमा सभा, जुलस, धर्ना, लगायत भीडभाड कार्यक्रमहरु नेताहरुले गर्दै आएको तर बर्षमा एक पटक मनाईने जात्रामा रोक लगाउने भन्दै स्थानीयहरुले कडा प्रतिवाद गरेका हुन । 


यता मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बिस्का जात्रा भव्य र सभ्य रुपमा सेचतनापूर्वक मनाउन सबैमा आग्रह गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD