२५ बैशाख २०८१, मंगलबार
Header

जाजरकोट भूकम्प पीडितलाई गोदावरी नगरपालिकाको २५लाख सहयोग


प्रकाशित: सोमवार, २० कातिक २०८०, १७ः०० बजे
- नवराज कुँवर

ललितपुर । जाजरकोट भूकम्प पीडितलाई ललितपुरको गोदावरी नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ । 


नगरपालिकाले बिपद ब्यबस्थापन कोषबात रु २५लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी गराएका छन । 


पीडित परिवारको पुर्नस्थापनाका लागि उक्त सहयोग रकम नगरपालिकाले जिल्ला दैबिक प्रकोप समितिलाई हस्तान्तरण गरिने नगरपालिकाका प्रबक्ता मिलन सिल्वाललले बताए । 


गत शुक्रवार राती ११ बजेर ४७ मिनेट जादा जाजरकोट जिल्लाको रामिडाडालाई केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्नेच्यूडको भूकम्प परि जाजरकोट र पश्चिम रुकुममा ठुलो मानविय तथा भौतिक क्षति पुुगेको छ ।


सो भूकम्पमा परि अहिलेसम्म १५७ जनाले ज्यान गुमाई सकेका छन भने २४६ जना घाईते भएका छन । उनीहरुको जाजरकोट, काठमाडौ लगायत विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 


नगर प्रमुख महर्जनले मृतक परिवार तथा घाइते परिवारहरु प्रति गहिरो समबेदना तथा दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा नेपाल सरकारले मात्र नभई सबै तह बाट सहयोग गर्नु पर्ने बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD