काठमाडौं । जाजरकोट भूकम्पीडितको राहत कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपियाँ राहत कोषमा जम्मा भएको छ ।
शुक्रवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनस्र्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग जम्मा गर्न आग्रह गरेको थियो ।
कोषमा राष्ट्रिय वाणिज्य बैंकले १ करोड, बुद्ध एयरले १ करोड, भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १११, सत्तारूढ दल नेपाली कांग्रेसले ५० लाख, मुक्तिनाथ दर्शन प्रालिले ५ लाख रूपैयाँ जम्मा गरेका छन ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले एक करोड, क्यान सेन्ट्रल पेमेन्ट रिलिजकातर्फबाट १ करोड, सूर्या नेपाल प्रालिले १ करोड, गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ जम्मा गरेका छन ।
सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।
कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट, बारेकोट(१ रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो ।
Categorized in राष्ट्रिय