६ जेठ २०८१, आइतबार
Header

जाजरकोट भूकम्पः मृत्यु हुेनको संख्या १२८ पुुग्यो, काठमाडौंबाट उद्धार टोली गए


प्रकाशित: शनिवार, १८ कातिक २०८०, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । पश्चिम जाजरकोटमा शुक्रवार राती गएको भूकम्पको मृत्यु हुनेको संख्या अहिले सम्म १२८ जना पुुगेकको छ ।


जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा ९२ जना मृत्यु भएको पुष्टि भएको छ भने रुकुम पश्चिमा ३६ जनाको मृत्यु भएको छ ।

 
मृत्यु हुेनहरुमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको छ ।

 
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । 


जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन । 


भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । 


भूूकम्प प्रभावित क्षेत्रमा काठमाडौंबाट सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।


सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो । 


सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली पनि त्यसतर्फ प्रस्थान गर्दैछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD