१४ बैशाख २०८१, शुक्रबार
Header

जागरुक युवा समाजको वसन्तपुरमा रक्तदान 


प्रकाशित: सोमवार, ३ कात्तिक २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । जागरुक युवा समाजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने क्रममा काठमाडौंको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) को आव्हानमा समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा पाँचौ रक्तदानको आयोजना गरेको हो ।


कोविड १९ महामारीका कारण रगतको अभाव देखिन थालेकोले समाजले साप्ताहिक रुपमा रक्तदान गर्ने क्रममा आज वसन्तपुरस्थित महादेव पार्वती डबलीमा कार्यक्रम गरेको हो ।


समाजका सह सचिव राजीव श्रेष्ठको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका थिए ।


कार्यक्रममा केन्द्रिय रक्तसञ्चार केन्द्रकी निर्देशक डा.मनिता राजकर्निकार, ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनज्यु, २४ वडाका वडासदस्य साथै ब्लोदानका केन्द्रिय सदस्य र समाजका सल्लाहकार बिनोद तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD