२ भाद्र २०८३, मंगलबार
Header

जहाजबाट पोखरा घुम्दा कीर्तिपुरका ज्येष्ठ नागरिक दंग


प्रकाशित: शनिवार, २७ फागुन २०७९, १२ः४५ बजे 
- महानगरखवर

काठमाडौं । कीतिपुर नगरपालिका वडा नं. ३ का जेष्ठ नागरिकहरुलाई वडाले हवाईजबाट धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराएका छन ।


वडाले ६८ वर्षमाथिका ८५ जना ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिकलक्षित बजेटबाट देश भ्रमण कार्यक्रमअन्तर्गत २ दिने पोखरा भ्रमण गराउँदा जेष्ठ नागरिक हर्षित देखिएका छन । 


फागुन २६ गते शुक्रवार र शनिवारसम्म दुईदिने भ्रमणका लागि यति एयरलाईन्सको जहाजबाट उनीहरु पोखरा पुगेका हुन । 


सो भ्रमणमा जनप्रतिनधिसहित ६८ वर्षमाथिका ८५ जना ज्येष्ठ नागरिकहरुलाई भ्रमण लगिएको स्थानीय पत्रकार विरेन्द्र शाक्यले जानकारी दिए । 


भ्रमण अनुभव सुनवाउँदै कीर्तिपुर ३ समल निवासी वर्ष ७० की धनमाया महर्जन भन्छिन्, ‘अहिलेसम्म जहाज चढ्न पाएकी थिइन, आज निकै खुशी अनुभव गरेकी छु ।’ त्यस्तै सागल टोल निवासी धर्म महर्जन भन्छन्, वडा अध्यक्षज्यूले हवाई जहाजबाट पोखरा घुमाउनुभयो, निकै आनन्द महसुस भयो ।’


दिउँसो साढे १ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको वडा अध्यक्ष सुविन्द्र महर्जनले जानकारी दिए ।



समाचार तथा तस्वीरः विरेन्द्र शाक्य

asteriskhubs
Home Page Bottom Second


maharjan complex