७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा पार्टी गठन


प्रकाशित: आइतवार, २३ बैशाख २०८१, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी विभाजन भएको छ । 


आइतवार अशोक राई नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी गठनको निवेदन दिएको नेता राजेन्द्र श्रेष्ठले बताएका छन । 


अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगबाट पार्टी चलाउन खोजेपछि निकास खोज्न नयाँ पार्टीको दर्ता प्रक्रियामा गएको नेता श्रेष्ठको भनाई छ ।


‘हठात हामी यो निष्कर्षमा पुगेका होइनौं, पार्टीमा समस्या थियो। सदस्यता वितरणमा व्यापक धाँधली भयो। पार्टी कमिटीका बैठकहरू रित र्पुयाउने प्रयोजनका लागि मात्रै भयो। हामीले निकास खोजेकै हौं, पार्टी विभाजन हुन गयो ।’ पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले भने । 


वर्तमान सरकारको निरन्तरमा आफूहरु रहेको र यही गठबन्धनमा आफूर रहेको समेत उनले बताए । 


सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन ।


नयाँ पाटीमा जसपाका १८ जना कार्यकारिणी समिति सदस्यमध्ये अशोक राईसहित यो समूहमा राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठ रणध्वज कान्दङ्वा, रेणु यादव नवलकिशोर साह सुडी, पञ्चलाल महर्जन, शोभा बज्राचार्य, राधा तिमिल्सना, कृष्णबहादु घजु लगायत ३० जना रहेका छन । 


आजै पार्टीको काठमाडौं खुसिबुमा पहिलो बैठक समेत बसेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex