६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जसपाले राजेन्द्र श्रेष्ठको संयोजक्त्वमा वार्ता समिति गठन गरे


प्रकाशित: मंगलवार, १९ पुस २०७९, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने लगायत विभिन्न विषयमा वार्ता गर्न एक वार्ता समिति गठन गरेको छ । 


मंगलबार सकिएको राजनीतिक समितिको बैठकले राजेन्द्र श्रेष्ठको संयोकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको हो । 


छलफलमा बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय समेत गरेको छ ।


वार्ता समितिले दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी छलफल गर्ने छ । त्यसैगरी, चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । 


विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex