काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर पशुपतिमा लगाएको जलहरीमा भ्रष्टाचार गरिएको आरोपमा प्रधानमन्त्री दाहालले जवाफ दिएका छन ।
शनिवार प्रधानमन्त्री दाहालले संसदमा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन ।
जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा भएको भ्रष्टाचार आरोपमा एमाले अध्यक्ष ओलीलाई जोडिएर दिएको अव्यक्तिलाई लिएर एमालले शुक्रवार संसद अवरुद्ध पारेका थिए ।
सांसद लेखनाथले लगाएको आरोप संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरुद्ध नहट्ने अडान लिएपछि शनिवार शिर्षदलहरुको बैठकले रेकर्ड हटाउने सहममित भएपछि अवरुद्ध हटेको हो ।
प्रधानमन्त्री दाहालले जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको बताएका थिए ।
संसदको आजको बैठकबाट सरकारले जेठ ५ गते पेश गरेको नीति तथा कार्यक्रम परित गर्ने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय