काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका व्यक्तिले जरिवाना नबुझाए समानुपातिक सूचीमा रहेको उम्मेदवारी रद्द गरिने बताएका छ ।
आयोगले एक सुचना जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक सूचीमा रहेको ती उम्मेदवारहरले आयोगले तोकेको जरिवना कातिक ५ गते सम्म नबुझाए उम्मेदवारी रद्द हुने भएको जनाएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवार हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको हो ।
तोकिएको समयभित्र जरिवाना नबुझाए समानुपातिक उम्मेदवारी कायम नरहने आयोगले चेतावनी दिएको छ ।
‘२०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाए जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्न र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगका अनुसार ४३९ सामानुपातिक उम्मेदवारले जरिवाना बुझाउनुपर्ने छ ।
Categorized in राष्ट्रिय