३ भाद्र २०८३, बुधबार
Header

जमिनमुनि लुकाईराखेको लागुऔषध सहित एक खाजाघरकी सञ्चालिका पक्राउ


प्रकाशित: विहिवार, १९ पुष २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले बागलुङमा जमिनमुनि लुकाईराखेको लागुऔषसहित एक खाजाघरकी सञ्चालिकालाई पक्राउ गरेको छ । 


बागुलुङ जिल्ला प्रहरी कार्यलयले बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा लागुऔषध बरामद गरेको हो ।


बुधबार दिउसो उत्खनन गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । 


खाजाघरकी सञ्चालीका कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । उनले पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । 


कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई÷दुई एम्पुल भेटिएको थियो । 


त्यसैगरी  लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex