२१ बैशाख २०८१, शुक्रबार
Header

जन भावना सहकारीको १७ औं बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: आइतवार, २१ असोज २०८०, १०ः२० बजे
- नवराज कुँवर

काठमाडौं । जन भावना बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 


साधारण सभाका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले सहकारी स्थानीय र विश्वासिलो भएकोले लगानी गर्न आग्रह गरेका छन । 


‘यो संस्था बिश्वासिलो भएको र स्थानीय बचतकर्ताले ढुक्क भएर बचत गर्न सकिन्छ ।’ उनले भने । 

 


कार्यक्रमका विशेष अतिथी रहेका गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सहकारीको उज्जवल भविष्यको लागि शुुभकामना दिएका थिए । 


त्यसैगरी, विशेष अतिथी रहेकी उपप्रमखु मुना अधिकारीले पनि शुुभकामना दिँदै संस्था दिगो सञ्चालन सँगै नगर बिकासमा योगदान पुराउने विश्वास व्यक्त गरिन । 

 


कार्यक्रममा जेष्ठ नागरिक श्याम लाल राज बहाक, असल बचत कर्ता अन्जु महत र असल ऋणी भुन्वनेशोर राजबाहक लाई अतिथिहरुले सम्मान गरेका थिए ।

 
३५१ जना शेर होल्डर रहेको उक्त संस्थामा १ करोड ५२ लाख लगानी रहेको संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति रमेश राज बाहाकले बताएका छन । 


उनले यस सहकारी प्रदेश स्तरीय सहकारी भएको भएको बताउँदै नाफामुलुक सँगै सेवा मुलक सहकारी भएको उल्लेख गरे । 


गोदावरी नगरपालिका वडा – ११ स्थित रहेको उक्त संस्थामा नमुना कल्याणकारी कोषको आवद्धता रहेको छ । 


सो अवसरमा लेखा संयोजक मन्जु कुँवर तथा उपाध्यक्ष बिदुर कुँवरले यो सहकारी गोदावरी नगरपालिकामा रहेको सहकारी मध्ये नमुना रहेको विश्वास व्यक्त गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD