७ बैशाख २०८१, शुक्रबार
Header

जन्मदर्ता लिन २ लाख घुस !


प्रकाशित: बुधवार, २३ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । एक बालकको जन्मदर्ताको पञ्जिकरण बनाउन दुई लाख घुस लिने अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । 


सप्तरीको महादेवा गाँउपालिका–६ का वडासचिव नवोनाथ मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।


जन्मदर्ता प्रमाण पत्र बनाइदिने प्रयोजनका लागि घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेको अवस्थामा मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।


मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१० र दफा ३ को उपदफा ९१) को खण्ड )घ) बमोजिम सजाय हुन मागदाबी आरोपपत्र दायर गरिएको कोइरालाले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD