१२ भाद्र २०८३, शुक्रबार
Header

जन्मको नागरिकता लिएका सन्तानलाई बंशको नागरिता नदिन सर्वोच्चको परिपत्र


प्रकाशित: सोमबार, २५ जेठ २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालताले जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई बंशको नागरिता नदिन गृहमन्त्रालयलाई परिपत्र गरेको छ । 


सर्वोच्चका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले सोमबार सो आदेश दिएको हो । आदेशमा गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न भनेको छ । 


गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।


त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता पनि वितरण गर्न थालेका थिए ।


 गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । 


उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex