१२ भाद्र २०८३, शुक्रबार
Header

जन्मको आधारमा नागरिता लिएको सन्तानलाई बंशजको नागरिकता दिन गृहको परिपत्र


प्रकाशित: बुधवार, २० चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । जन्मको आधारमा नगरिकता लिएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेको छ । 


नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकारले रोकेको थियो । 


नागरिकता वितरण रोकिएपछि अन्यायमा परेको गुनासो गर्दै प्रभावितहरुले सर्वोच्च अदालतमा गरेको रिट उपर सर्वोच्चले प्रभावितहरूकै पक्षमा फैसला गरेपछि उनीहरुको सन्तानले बंशजको आधारमा नागरिकता प्राप्त गर्ने बाटो खुलेको हो । 


सर्वोच्चको फैसला पछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै जन्मका आधारमा नागरिकता लिएकाको सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन निर्णय लिएको गृह मन्त्रालयले जनाएको छ ।


मन्त्रायका उपसचिव गंगाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमा उमेर पुगेका बालिग सन्तान नागरिकताबाट वञ्चित हुँदा वृत्ति विकास प्रभावित भएकाले नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ अनुसार गर्न निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex