काठमाडौं । पाल्पामा एक जन्ती बस दुर्घटना हुँदा ५ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने बेहुला र बेहुली भने हाम फालेर ज्यान जोगाउन सफल भएको छ ।
निस्दी गाउँपालिकाको वडा नं. ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताए।
जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु घटनास्थल सदरमुकाम तानसेनबाट करिव ७० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
Categorized in समाज