१५ चैत्र २०८०, बिहिबार
Header

जनैपूर्णिमा र गाईजात्राः काठमाडौं र भक्तपुरमा फरक दिन, पञ्चाङ समितीद्धारा २७ गते नै मनाउन आग्रह


प्रकाशित: बुधवार, २५ साउन २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा यो बर्षको गाईजात्रा र जनैपूूर्णीमा फरक फरक दिन मनाउने सरोकारवालाहरुले निर्णय गरेको छ ।


काठमाडौंमा २७ गते जनैपूर्णिमा र २८ गते गाईजात्रा मनाउन काठमाडौंमा ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समिति र ज्यापु संस्कृति विकास कोषले संयुक्त रुपमा निर्णय गरेको र सो अनुसार मनाउन आग्रह गरेको छ । 


भक्तपुरमा २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मानाउने भएको छ । 


यसरी उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक फरक दिन मनाउने भने पनि नेपाल पञ्चाङ निर्णयक समिति साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन भनेको छ । 


शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

 
समितिले कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।


बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ । 


यसअघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD