काठमाडौं । जनसेवा सामुदायिक सेवा केन्द्रले एक कार्यक्रमविच स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार काठमाडौंको झोंछेस्थित सेवा केन्द्रले प्रहरी बृत जनसेवा, विशालबजारमा मा सरुवा भई आएका डिएसपी कृष्णकुमार चन्दलाई स्वागत तथा सम्मान गरेको छ ।
त्यसैगरी, यस अघि जनसेवा बृतमा रहेका तत्कालिन डिएसपी हाल एसएसपी रुकेश तण्डुकारलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिती तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले उनीहरुलाई सम्मान तथा स्वागत गरेका थिए ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, बागमति प्रदेशका सांसद तथा पूर्वमन्त्री शैलेश बज्राचार्य, सेवा केन्द्रका अध्यक्ष विरेन्द्र भक्त श्रेष्ठ, उपाध्यक्ष पवित्र बज्राचार्य, महासचिव बिजयकृष्ण श्रेष्ठलगयातको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रहरीको ब्याण्डले विभिन्न राष्ट्रिय गित तथा धुनहरुको प्रस्तुती दिएको थियो ।




तस्वीहरुः नवराज कुँवर/महानगरखबर
Categorized in समाज