५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

जनसेवा सामुदायिक केन्द्रको अध्यक्षमा विकासभक्त श्रेष्ठ 


प्रकाशित: शनिबार, १९ जेठ २०७५, २१ः४९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । स्थानीय जनता र नेपाल प्रहरीको संयुक्त सहभागितामा गठित  जनसेवा सामुदायिक केन्द्रको ६ औँ साधारण सभा विहिबार सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर तथा केन्द्रका पूर्व अध्यक्ष विद्यासुन्दर शाक्यले सभाको उद्घाटन गर्नु भएको थियो ।

 
साधारण सभाले विकासभक्त श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा ११ जना निर्विरोध निर्वाचित भएको र बाँकी ६ जना समावेशिताको आधारमा महिलाहरुलाई पनि समावेश गर्न मनोनीत गरिने केन्द्रले जनाएको छ ।


निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष पवित्र वज्राचार्य, महासचिव विजयकृष्ण श्रेष्ठ, सचिव सुभानकुमार श्रेष्ठ, कोषाध्यक्ष चिनियामान वज्राचार्य र सदस्यहरुमा शशिलाल श्रेष्ठ, बाबुराजा महर्जन, श्याम चित्रकार र हरिकृष्ण डंगोल हुनुहुन्छ ।


केन्द्रले काठमाडौँ महानगरपालिकाको वडा नं. १८,१९, २०, २१, २२, २३, २४, २५ र २७ गरी जम्मा ९ वटा वडा क्षेत्रका लागि सामुदायिक प्रहरी सेवा केन्द्र सञ्चालनका साथै विभिन्न सामाजिक र विकासका क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex