२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जनमाद्यः (सेतो मछिन्द्रनाथ) जात्रा तयारी पुरा, शनिवारदेखि ३ दिनसम्म जात्रा चल्ने


प्रकाशित: शुक्रवार, २९ चैत्र २०७५, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सहकालको देवताको रुपमा चिनिने जनमाद्यः (सेतो मछिन्द्रनाथ) को तयारी पुरा भएको छ । 


शुक्रवार सेतो मच्छिन्द्रनाथ रथयात्रा ११३९ व्यवस्थापन समितिले एक कार्यक्रम गरी जात्रा तयारी बारे जानकारी दिएको हो । 


व्यवस्थापन समितिको संयोजक निलकाजी शाक्यले जात्रा तयारी बारे जानकारी दिँदै जात्राको एतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वबारे प्रष्ट पारेका थिए । 


उनले भने, ‘जनमाद्यःको अनुहार हेरे मात्र पनि शारिरिक रोग, दुःख, पीडा मुक्त हुने धार्मिक विश्वास छ ।’  जात्रा व्यवस्थानको लागि सबैको सहयोग र साथ आवश्यक रहेको संयोजक शाक्यले बताए । 


कार्यक्रमका प्रमुख अतिथी रहेकी काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले उपत्यकाको जात्राले नेपाललाई विश्वमा चिनाएको हुँदा जात्राको संरक्षण, सम्बद्र्धन गर्न महानगर सबै साथ रहने प्रतिवद्धता व्यक्त गरिन । 


उपप्रमुख खड्गीले यस पटको जात्रामा महिलाले पनि रथ तान्ने भएकोमा खुशी व्यक्त गर्दै जात्रा पर्वमा महिला सहभागीता बढाउनु पर्नेमा जोड दिए । 

 

 


त्यसैगरी, जनसेवा प्रहरी बृतका डिएसपी बासुदेव खतिवडाले जात्राको लागि आवश्यक सुरक्षा व्यवस्था चुस्त परिएको जानकारी दिँदै ट्राफिक प्रहरी तथा स्थानीय संघ, संस्थासँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाएको बताए । 


व्यवस्थापन समितिका सचिव सुजिब बज्राचार्यले सञ्चालन गरेको सो कार्यक्रममा समितिका आर्थिक उपसमितिका संयोजक उमेश स्थापितले प्रेस व्यक्तव्य पढेर जात्राको तयारी बारे सुनाएका थिए । 


कार्यक्रममा १४ मिनेटको ‘झिगु म्हसिका, झिगु गर्व, जनवहाद्यःया रथयात्रा’ नामको डकुमेन्ट्री देखाइएको थियो । सो डकुमेन्ट्रीमा जात्राको खट निर्माणदेखि तयारी अवस्थाबारे देखाइएको थियो । 


जनवहाद्यःया रथयात्रा रुटः


चैत्र ३० गते शनिवार साँझ ५ः०० बजे जमलस्थित तीनधारा पाठशालबाट सुरु भई असनमा समापन हुने


सोही दिन राती १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले असनमा जात्रामा सहभागी हुने


बैशाख १ गते आईतबार साँझ ५ः०० बजे असनबाट हनुमानढोका दरवार क्षेत्रमा रथ लगिने


बैशाख २ गते मंगलवार साँझ ४ बजे हनुमानढोकाबाट लगन चोकमा रथ लगिने


बैशाख ३ गते बुधवार साँझ ५ बजे लगनमा रहेको माँ सिमा ( जनबहाद्यःको आमा)को रथले ३ चक्कर लगाउने


बैशाख ४ गते जनबहाद्यःलाई जनबहाल स्थित मन्दिरमा प्रवेश गराउने 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex