काठमाडौँ । बर्षा र सहकालको देउताको रुपमा पुजिने जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ)को जात्रा सम्पन्न भएको छ ।
भिडियोः
हिजो बुधवार साँझ जनबहाःद्यः (सेतो मछिन्द्रनाथ) लाई खटमा राखी लगन बाट ज्याबहाल द्यः, युतुननी, कोहिती, भिमसेनस्थान, मरु, याटखा, नरदेवी, किलागल, भेडासिङ्ह, केलटोलहुँदै मछिन्द्रबहालाम्म खट यात्रा गरेपछि जात्रा सम्पन्न भएको हो ।
जात्राको पहिलो दिन (भिडियो)
चैत्र २३ गते शनिवार करिब ५ बजेतिर जमलको तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असन लगि जनबहाःद्यःलाई दर्शनको लागि राखिएको थियो । सो दिन राती राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गरेको थियो ।
जात्राको दोस्र दिन (भिडियो)
चैत्र २४ गते आइतवार साँझ असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोकास्तिथ कालभैरव अगाडी दर्शनको लागि राखियो ।
जात्राको तेस्रो दिन (भिडियो)
चैत्र २५ गते सोमवार साँझ हनुमानढोका, मरु, चिकंमुगल जैसीदेवल हुँदै लगन पराएर दर्शनार्थीको लागि राखियो ।
चैत्र २६ गते मंगलवार साँझ जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)लाई लगनस्थित आमा रुख( मा–सिमा)परिक्रमा गराईएको थियो ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुन्छ । रथयात्रको सुरुवात राजा शिवसिंह मल्लले ने।स। ७०८ देखि भएको मानिन्छ ।
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति