२० बैशाख २०८१, बिहिबार
Header

जनबहाः द्यः रथ हनुमानढोकाबाट लगन लगियो (तस्वीरहरु)


प्रकाशित: विहिवार, ६ बैशाख २०८१, २२ः०० बजे
- महानगरखवर

काठमाडौं । असनबाट हिजो हनुमानढोका ल्याएको जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को रथ लगन लगिएको छ । 


आज (विहिवार) साँझ हनुमानढोकाबाट हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन लगेर रथ राखिएको छ ।

 


भोलि शुक्रवार पनि लगनमै रथ राखिने साझ ५ः३० देखि लगन आमा रुख परिक्रमा गराएर लगनमै राखिने छ । 


शनिवार साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः , यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल सम्म खत यात्रा र जात्रा सम्पन्न हुने सेतो मछिन्द्रनाथ रथ यात्रा समारोह समिति ११४४ ले जनाएको छ । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD