१४ बैशाख २०८१, शुक्रबार
Header

जनबहाःद्य (सेतो मछिन्द्रनाथ) जात्रा स्थगित


प्रकाशित: शुक्रवार, ७ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । जनबहाःद्य (सेतो मछिन्द्रनाथ) जात्रा स्थगित गरिएको छ । 

 

सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवम् काठमाडौं महानगरपालिका वडा २५ का वडा अध्यक्ष निलकाजी शाक्य, गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीलगायतको उपस्थितीमा बसेको बैठकले जात्रा स्थगित गर्ने निर्णय गर्ने जनाएको छ । 
व्यवास्थापन समितिले चैत्र १९ देखि २१ गते सम्म भव्य रुपमा जात्रा मनाउने तयारी गरिरहेको थियो ।


कोरोना भाईरसको जोखिम न्यूनिकरणमा ध्यान दिँदै समितिले हजारौंको भीडभाड हुने यस जात्रा स्थगन गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । 


समितिले सेतो मछिन्द्रनाथसँग क्षमा याचना समेत मागेको छ । साथै भक्तजनहरुमा पर्न गएको भावनात्मक तथा सांस्कृतिक असुविधाप्रति क्षमायाचना मागेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD