१४ बैशाख २०८१, शुक्रबार
Header

जनबहाःद्य (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा आजबाट सुरु 


प्रकाशित: शनिवार, २६ चैत्र २०७८, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । 


शनिवार साँझ जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ ।


तिनधारा पाठ्शाला निर्मित ३२ हाते लामो रथमा  सेतो मच्छिन्द्रनाथको प्रतिस्थापन गरेपछिट घण्टाघर हुँदै असन चोक सम्म रथ लगिने छ । 


वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ । 


असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि सो दिन असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव र कालभैरबाट लगन लगिन्छ । 


किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए ।


त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ । 


रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ ।


उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD