२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथको ) रथयात्रा सुरु, आज असन लगियो (तस्वीरहरु)


प्रकाशित: शनिवार, २३ चैत्र २०८१, २१ः२० बजे
- महानगरखवर

काठमाडौँ । सहकालको देउताको रुपमा पुजिने जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । 


शनिवार करिब ५ बजेतिर जमलको तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असन लगि जनबहाःद्यःलाई राखिको छ ।

 
यस अघि मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा  राखिएको शिखर शैलीको रथमा बिराजमान गराइएको थियो ।  

 


रथयात्राको दोस्रो दिन साँझ असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसरसम्म पुर्‍याइन्छ भने रथयात्राको तेस्रो दिन हनुमानढोका, मरु, चिकंमुगल जैसीदेवल हुँदै लगन पुर्‍याए पछि रथायात्रा सम्पन्न हुनेछ ।  


हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ  रथयात्रा सुरु हुन्छ । रथयात्रको सुरुवात राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि भएको मानिन्छ ।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex