४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जनप्रतिनिधीहरुद्धारा ज्यापु समाज जेष्ठ नागरिक आश्रमको अवलोकन


प्रकाशित: विहिबार, २१ भाद्र २०७५, १२ः४९ बजे
- रवि महर्जन 

काठमाडौं । ललितपुर महानगरपालिका–४ वागडोलमा निर्माधिन ज्यापु समाज जेष्ठ नागरिक आश्राममा बुधवार जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।


भवन अवलोकनको क्रममा बुधवार ४ तला ढलान गरिएको थियो । अवलोकन क्रममा ललितपुर क्षेत्र नं. ३ का सभासद पम्पा भुसालले भवन निर्माणको लागि अवाश्यक सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


नेपालकै सुविधा सपन्न भवनको रुपममा निर्माण गरिने सो आश्रममा ११० शैयाँको बेड, लिफ्ट, सिंगल बेड, डबल बेड(एटेज बाथरुमसहित), कमन रुम, टिभी हल लगायतको सुविधा हुनेछ ।


 

यही फागुन महिनादेखिनै संचालनमा ल्याने गरी भवनको निर्माण गरिरहेको ज्यापु समाजका अध्यक्ष प्रेम मर्हजनले जनकारी दिए । 


भवन निर्माणको लागि स्थानीय समाजसेवी अष्टमान महर्जनले १ रोपनी १३ आना जग्गासहित ५० लाख नगद सहयोग गरेका छन् । त्यसैगरी नेपाल– भारत मैत्री समाजले पनि भवन निर्माणमा सहयोग गरेको छ । 


त्यसैगरी उद्योग बाणिज्य संघ ललितपुर, ईटा निर्माण व्यवसायी संघले पनि भवन निर्माणमा आर्थिक सहयोग गरेका छन् । 


लतिलपुर पुर्णचण्डी टोलका अध्यक्ष तरिबाबु महर्जनले १ लाख नगद सहयोग गरेको समाजका अध्यक्ष महर्जनले बताए । 


सो अवलोकनका लागि लतिलपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल, प्रदेश सभासद् माधव पौडल, राजकाजी महर्जन, शोभा शाक्य, ज्ञानेन्द्र शाक्य, जीवन खड्का, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

 

 

तस्वीर ः महानगरखवरको लागि रवि महर्जन

asteriskhubs
Home Page Bottom Second


maharjan complex