काठमाडौं । जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कायमै हुने भएको छ ।
सर्वोच्चमा यस अघि जनप्रतिनिधिले उम्मेदवार हुन राजीनामा दिनुपर्ने आयोगको आचारसंहतिा विरुद्ध परेको रिटमा सर्वोच्चले राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी दिएको अल्पकालिन अन्तरिम आदेश मंगलवार खारेज गरेको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको हो ।
आयोगले सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिर्ने पर्ने वाध्यकारी संहिता लागु गरेको छ ।
Categorized in स्थानिय