काठमाडौं । शरदसिंह भण्डारीको राष्ट्रिय जनता पार्टी र उपेद्र यादवको समाजवादी जनता पार्र्टी विच एकिकरण भएको छ ।
पार्टी एकिकरणपछि बनेको ‘जनता समाजवादी पार्टी’ दर्ताका लागि विहिवार नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका छन ।
राजपाका प्रवक्ता केशव झाका अनुसार आज बिहान दुई दलबीच एकताको लिखित सहमति भएको थियो । आयोगवाट १३८८ नंम्बरको दर्ता पाएको र अन्य कागजात हामी लकडाउनपछि बुझाउने प्रवक्ता झाले बताए ।
नयाँ पार्टीको झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ ।
आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन ।
Categorized in राष्ट्रिय