काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउनु पर्ने बताएका छन ।
राष्ट्रपति पौडले शनिवार राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन ।
उनले सो अवसरमा सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने स्वभाविक हक भएको भनाई राखेका थिए ।
उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको भन्दै नागरिक सुसूचित हुनु पर्ने उनले बताएका छन ।
सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए ।
Categorized in राष्ट्रिय