१६ बैशाख २०८१, आइतबार
Header

जनताको आवाज नसुन्ने र दुःख नदेख्नेले बोर्ड चैं देखेछः बालेन


प्रकाशित: बुधवार, १४ चैत्र २०८०, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरले चक्रपथ सडक निर्माण खण्डमा राखेको बोर्ड आयोजनाले हटाएपछि प्रतिक्रिया दिएका छन । 


प्रमुख बालेनले चक्रपथ सडक खण्ड निर्माण समयमै नसिएको बारे सुचना लेखि राखेको बोर्ड काठमाडौं चक्रपथ सुधार आयोजनाले हटाई दिएको छ । 


सो विषयलाई उल्लेख गर्दै प्रमुख बालेनले भने,‘ त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।’


२०१५ मा सक्नु पर्ने आयोजनाको काम २०२४ लाग्दा समेत नसकिँदा सो क्षेत्रका छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित भएको प्रमुख साहले उल्लेख गरेका छन । 


आयोजना समयै सम्पन्न गर्ने विषयमा स्थानीय, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाउँदा पनि कसैको कुरा नसुनिएको र दुःख नहेरिएएको उनले भने । 


‘काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।’ उनले भने । 


सडकमा राखेको सूचनापाटी हटाउन दिएको समय अवधि सकिएपछि आयोगले चैत ६ गते उक्त सूचनापाटी हटाएको काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताएका छन । 
आयोगले चैत २ गते सडकमा राखेको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन महानगरलाई निर्देशन दिइएको थियो । 


मंगलबार उक्त नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले निवेदन दर्ता गराएका थिए ।


काठमाडौं महानगर क्षेत्रभित्र समेत रहेको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखिएको महानगरले जनाएको थियो । 


उक्त सूचना बोर्डमा आयोजनाः चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी–महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको थियो, सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन÷अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको थियो । 


चिनियाँ कम्पनी ‘सांघाई कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौंको चक्रपथ विस्तारको काम अघि बढाएको हो । 


यस अघि पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD