काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुन नदिने संकल्प गरेको बताएका छन ।
बुधवार गणतन्त्र दिवशको अवसरमा एक सन्देश जारी गरी प्रम ओलीले सो कुरा बताउँदै यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल समेत गरेका छन ।
सन्देशमा भनिएको छ,‘ हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’
प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने सन्देशमा उल्लेख गरेका छन ।
सरकार नेपाली जनताको अनुहारमा खुसी ल्याउन हरदम अघि बढिरहने विश्वास व्यक्त गर्दै प्रम ओलीले सम्पूर्ण नेपाली जनतामा शुभकामना सन्देश व्यक्त गरेका छन ।
Categorized in राष्ट्रिय