१३ बैशाख २०८१, बिहिबार
Header

जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) अब सम्झनामा मात्र


प्रकाशित: विहिवार, १० भाद्र २०७८, १७ः०० बजे
- अजय खड्गी

काठमाडौं । नेपाली जनक्रान्तिका जनगायक जुठ बहादुर खड्गी (जेबी टुहुरे)को ७८ बर्षको उमेरमा आज निधन भएको छ । 


बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएपछि उपचारको लागि भर्ना गरिएको थियो ।


उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।


मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भएको हो ।


दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।  उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 


२००१ साल कातिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । 


उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई ‘’ निकै चर्तित छ । राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD