३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जनकपुरमा ग्यास सिलिण्डर विस्फोटन हुँदा ३ पसल जलेर नष्ट


प्रकाशित: विहिवार, ५ असार २०७६, ०९ः०५ बजे
- महानगरखवर

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा लागेको आगोको कारण ८ वट सिलिण्डर ग्यास विस्फोट हुन पुगेको छ ।


विस्पोटनबाट ३ वटा होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति करिब २ः४० मा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको थियो । 


आगलागीको कारण विद्युत सर्ट भएर हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । के कति क्षती भएको विवरण भने आउन नसकेको प्रहरीले बताएको छ । 


विहान ५ बजे नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकले आगो नियन्त्रणमा लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex