काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेशनले जनआन्दोलन दिवशको सम्झनामा काठमाडौमा पदयात्रा आयोजना गरेको छ ।
‘डेमोक्र्याटिक वाकाथन’ नाम दिएको पदयात्रा मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भई न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो ।
सो पदयात्रामा विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए ।
कांग्रेस नेता एवम गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नायिका केकी अधिकारी, पूर्वमन्त्री नविन्दराज जोशी, पत्रकार ऋषी धमला लगायतका व्यक्तित्वहरको सहभागी रहेको थियो ।
प्रजातन्त्र पुनःस्थापना का लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको नेतृत्वतत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए ।
सोही दिनलाई सम्झेर आजको दिनलाई जनआन्दोलन दिवशको रुपमा मनाईन्छ ।
त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो ।
Categorized in राष्ट्रिय