काठमाडौं । सडक विभाग र काठमाडौं महानगरपालिकाले एक सुचना प्रकाशित गरी काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक दायाँ–वायाँको १५ मिटरको संरचना हटाउन भनेको छ ।
सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।
सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको छ ।
यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्कन गरेर चिह्नसमेत लगाइएको छ ।
उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ ।
उक्त अवधिमा नहटाए कानुन अनुसार कारबाही हुनेसमेत सुचनमा उल्लेख गरेको छ ।
सुचनाः

Categorized in समाज