१४ बैशाख २०८१, शुक्रबार
Header

जगदम्बा मोटर्सले टिभीएस आरटीआर –२०० फोरभीको नयाँ संस्करण सार्वजनिक


प्रकाशित: शुक्रवार, २५ भाद्र २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । जगदम्बा मोटर्सले टिभीएस आरटीआर –२०० फोरभीको नयाँ संस्करण सार्वजनिक गरेको छ । 


राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको वाईक युवा लक्षित भएको कम्पनीले जनाएको छ । बएस–६ र एबिएस जडान गरिएको यो रेसिङ बाइक युवा लक्षित छ । 


फस्र्ट इन क्लास राइडिङ मोड्स जडान गरिएको यो बाइकको नेपाली बजार मूल्य तीन लाख ८४ हजार नौ सय रुपैयाँ राखिएको छ ।


टिभीएसका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपका अनुसार बाइकले आफ्नो ग्राहक र रेसिङ पारखीका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने छ । 


टिभीएस अपाचे श्रृंखलाले संसारभरी रहेका हाम्रा ग्राहकको र रेसिङ पारखीका लागि नयाँ प्रविधि कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


प्रतिबद्धतालाई निरन्तरता दिँदै आरटीआर–२०० फोरभी मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित भएको शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए ।


कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले दुई पाँग्रे सवारीसाधन विक्रीमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको बताउँदै थप प्रविधियुक्त र युवालक्षित उत्पादन भित्र्याउने योजना रहेको बताए । उनले कम्पनीले छिट्टै टिभीएस वनर ग्रुप खडा गरेर मुलुकभर राइडिङ क्याम्पेन गर्ने योजना रहेको  जानकारी दिए ।


बाइकमा तीन सयवटा सेन्सर जडान गरी मुलकभर १० हजार किलोमिटर दुरीमा गुडाइएको उनले बताए । यो बाइकमा ठाउँ, सडक र मौसम अनुसारको मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक प्रविधि जडान गरिएको जारी विज्ञप्तीमा जनाईएको छ । 


बाइकको सिस्टममा समावेश गरिएको स्पोर्ट, अर्बान र रेनको प्रयोग गरी चालकले आफ्नो इच्छा अनुसारको मोड छनोट सँगै इन्धन किपायत गर्न सक्नेछन । 


चालकको सुरक्षालाई मधयनजर गर्दै बाइकमा राइडिङ अनुभवमा थप सहज र सुरक्षित हुने कम्पनीको दाबी छ । बाइकमा जडान गरिएको एग्रेसिभ एलइडी हेडल्याम्पको सहयोगले चालकले जुनसुकै भौगोलिक सडकमार्गमा सहजै नाइट राइड गर्न सक्नेछन ।

 
फस्र्ट इन सेगमेन्ट एडजस्टेबल सस्पेन्स जडान गरिएको बाइक अघिल्लो संस्करणको तुलनामा फरक रहेको छ । उच्चतम पर्फर्मेन्सका लागि बाइकमा सोवा सस्पेन्सनको प्रि लोडेड एडजस्टमेन्टले प्लुस राइड र ट्रयाक राइड मध्ये इच्छा अनुसार चलाउन सक्नेछन । 


एडजस्टेवल ब्रेक र क्लच लिभर चालकको सहजतालाई मध्यनजर गर्दै बाइकमा तीन चरणको एडजस्टेबल सहितको ब्रेक र क्लच लिभर जडान गरिएको छ । 


कम्पनीका अनुसार यो बाइक ग्लस ब्ल्याक, पर्ल व्हाइट र नयाँ म्याट ब्लु गरी तीनवटा रङ मा उपलब्ध रहेको छ ।


नेपालभर १३२ भन्दा बढिी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनममस्तिष्कमा स्थानमा जमाउन सक्षम भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD